Breaking News

भरतपुर अस्पतालमा दूध सर्किएर शिशुको मृत्यु, लापरवाही भन्दै आफन्तले डाक्टर नर्सलाई थुने

Banner

प्रतिमा कुमाल

चितवन, साउन १२-

भरतपुर अस्पतालमा एक शिशुको उपचारको क्रममा लापरवाहीबाट मृत्यु भएको भन्दै आफन्तले डाक्टर र नर्सलाई कार्यकक्षमा थुनेका छन् । भरतपुर महानगरपालिका–१५ का एक बालकको उपचार क्रममा लापरवाहीबाट मृत्यु भएको आरोपमा बच्चा वार्डका डाक्टर र नर्सलाई उनीहरुले कार्यकक्षमै थुनेका हुन् । अस्पतालका शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई उनीहरुकै कक्षमै केहिबेर थुनिदिएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले कार्यकक्षमा थुनिएका डाक्टर र नर्सलाई मुक्त गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ बच्चाले दूध नखाएको कारण आज बिहान अस्पताल लिएर आएका थिए । बच्चाको दूध सर्किएको कारणले निधन भएको हो ।’ अस्पतालका बाल चिकित्सक डा. ओमकृष्ण पाठकले शिशुलाई बचाउन सक्दो प्रयास गरेको तर नसकेको बताए ।

शोभा लम्साल र राम लम्सालले आफ्नो तीन महिनाको छोरालाई आज बिहान १० बजे उपचारका लागि भरतपुर अस्पतालमा ल्याएका थिए । आज दिउँसो ३ बजे मृत भनी अस्पतालले घोषणा गरेपछि आफन्तले उपचारमा लापरबाही भएको भन्दै आक्रोशित भएका छन् । उनीहरुले समयमै उपचार नपाउँदा बच्चाको ज्यान गएको बताएका छन् । अस्पतालमा बच्चाको परिवारका आफन्तहरुले उपचार छाडेर नर्सहरु जन्मदिन मनाउन लागेको आरोप लगाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>