देश/प्रदेश
कहिले आउला एक वर्षसम्म नआएन स्नातक पहिलो वर्षको नतिजा ?

काठमाडौँ, साउन १२-
त्रिभुवन विश्वविद्यालयले एक वर्षसम्म पनि स्नातक पहिलो वर्षको नतिजा सार्वजनिक गरेको छैन । २०७८ साउनमा विद्यार्थीले स्नातक पहिलो वर्षको परिक्षा दिएका थिए तर एक वर्ष वितदा समेत नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेका हुन् ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार नतिजा सार्वजनिक हुने क्रममा छ र सम्भवत साउन महिनाभित्र सार्वजनिक भइसक्छ । यस्तै कतिपय विषयको सार्वजनिक हुन थालेको छ।
त्यस्तै कोभिड–१९ महामारीका कारण स्नातक तहको तेस्रो वर्षको परीक्षा सरेर चैतमा मात्रै भएको थियो । तेस्रो वर्षको नतिजा पनि अझै सार्वजनिक हुन सकेको छैन ।
स्नातक तेस्रो वर्षको नतिजा अझै नआउँदा स्नातकोत्तर तहको पहिलो सेमेष्टर फागुनभित्र भर्ना हुनुपर्ने अझै पनि हुन सकेको छैन । त्यसैले त्रिवि अन्तर्गतका क्याम्पस तथा विभागहरुको स्नातकोत्तर तहको पहिलो सेमेष्टर विद्यार्थी विहीन रहेका छन् ।