समाचार

मंसिर ४ गतेका लागि अबको दुई तीन दिनमा चुनाव घोषणा हुने प्रचण्डको दाबी

Banner

काठमाडौँ, साउन १२-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताएका छन् ।
अध्यक्ष प्रचण्डले केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताएका हुन् ।

बिहीबार खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ । प्रधानमन्त्रीजीले नागरिकता विधेयक अघि घोषणा गर्न खोज्नुभएको थियो । केही विधेयकहरु पारित भएपछि चुनावको मिति घोषणा हुन्छ । मलाई लाग्छ मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा हुनसक्छ ।’

उनले प्राविधिक विषय मिलाउन खोज्दा चुनाव घोषणा हुन ढिला भएको समेत बताए । शुक्रबार र शनिबार बस्ने प्रेस सेन्टरको केन्द्रीय समिति बैठकबाट पदाधिकारी चयन गर्ने तयारी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>