Breaking News

चितवनकी सांसद रावलले भनिन्ः आईपीएसको कार्यक्रममा प्रधानसेनापतिको सहभागिताबारे जवाफ चाहियो

Banner

चितवन, साउन १२-

चितवनबाट राष्ट्रिय सभा सदस्य रहेकी दिलकुमारी रावल ‘पार्वती’ प्रधानसेनापति अस्ट्रेलियामा जारी आइपीएसको कार्यक्रममा सहभागी भएको विषयमा सरकारसँग जवाफ माग गरेकी छिन् ।

आज राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद रावलले प्रधानसेनापति आईपीएसको कार्यक्रममा सहभागी भएको विषयमा जवाफ माग गरेकी हुन् ।

‘अस्ट्रेलियाको मेलवर्नमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागी भएको भन्ने समाचार बाहिर आएको छ । कुरा के हो ? एकातिर आईपीएसको कार्यक्रममा सहभागी नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागी हुने सरकारको दोहोरो नीति के हो ? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु,’ उनले भनिन्।

सांसद रावलले कोभिड– १९ को संक्रमण बढिरहेकोतर्फ समेत सरकारलाई सचेत गराएकी छन् । उनले भनिन्, ‘कोभिड– १९ को नयाँ भेरियन्ट बढिरहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ । अर्कोतिर भ्याक्सिन डेट एक्सपाएर भइरहेको छ । यसतर्फ सरकार गम्भीर हुन म आग्रह गर्न चाहन्छु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>