देश/प्रदेश

माफी माग्ने सवालमा मिरुनाले बेवास्ता गरेपछि कुटपिटको आरोपमा तामाङले गरे मुद्दा दर्ता

Banner

काठमाडौँ, साउन १२-

माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मिरुना मगरले बेवास्ता गरेपछि बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले मुद्दा दर्ता गराएको छन् । काठमाडौं जिल्ला अदालतमा अभिनेत्री मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध विरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको हो ।

फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाही माग गरिएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरिएको छ ।

गत जेठ १५ गते कबड्डी ४ फिल्मको प्रचारको लागि काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् । त्यस्तै हाल मिरुना लण्डनमा छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>