Breaking News
काठमाडौंको फोहोर बन्चरेडाँडामा लैजान फेरि स्थानीयको अवरोध
०

काठमाडौं,साउन १२-
काठमाडौं उपत्यकाको फोहोर बोकेका ट्रकलाई फेरि बन्चरेडाँडाका स्थानीयले अवरोध गरेका छन् । केही दिनपछि आजदेखि उठाउन थालिएको फोहोरका ट्रकहरू विसर्जनस्थलतर्फ जाँदै गर्दा स्थानीयले बाटो छेकेर अवरोध गरेका हुन् ।
बन्चरेडाँडा ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले स्थानीयको अवरोधले बन्चरेडाँडासम्म फोहोरका ट्रक पु¥याउन मुस्किल भएको बताए । “स्थानीयको अवरोध छ । सडक पनि पूर्ण रूपमा बनिसकेको छैन । स्थानीयसँग कुराकानी गर्दै छौँ,” उनले भने ।
स्थानीयले आफ्ना माग पूरा नगरिएको भन्दै आउँदो भदौ १ गतेदेखि त्यसतर्फ फोहोर लैजान नदिने उद्घोष गरिसकेका छन् । सिसडोल भ्याली १ मा सडक बनाउने कार्यका लागि भन्दै फोहोरको ढुवानी रोकिएको थियो । करिब १० दिनपछि आजदेखि फोहोर उठाइने काठमाडौं महानगरपालिकाले जनाएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>