शिक्षा
प्याब्सनको निर्देशनः विद्यार्थीलाई यातना र अनावश्यक पुस्तक नबोकाउनू
०

काठमाडौं,साउन ११-
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विद्यार्थीहरूलाई यातना र बढी पुस्तकको भारी नबोकाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई निर्देशन दिएको छ। प्याब्सनले बुधबार आयोजना गरेको आइटी र लाइब्रेरियन तालिमका लागि हस्ताक्षर कार्यक्रममा प्याब्सनका अध्यक्ष डिके ढुंगानाले यस्तो निर्देशन दिएका हुन्।
ढुंगानाले भने, ‘अहिले विद्यार्थीलाई शिक्षकले दिएको यातना र भारी पुस्तकको झोला बोकाएको विषय मिडियामा चर्चामा छ। झोला जोखेको भिडियोले म आफैँ दुःखी छु, हामीले विद्यालयलाई यसो नगर्न सर्कुलर जारी गरिसकेका छौं। फेरि भन्छुः कुनै शारीरिक र मानसिक यातना दिन पाइँदैन, नदिनु होला।’
उनले विद्यार्थीहरूलाई नयाँ ढंगले पढाउन शिक्षकहरूलाई तालिम प्रदान गर्दै आएको र आचारसंहिता छिट्टै ल्याउने बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>