चितवन विशेष

भरतपुरको बाल्मिकी स्कूलका सनिसले ल्याए ४ जिपिए, ३६ विद्यार्थीको ‘ए’प्लस

Banner

चितवन,साउन ११-

चितवनको भरतपुरस्थित बाल्मिकी शिक्षा सदनका सनिस सापकोटाले एसईई परीक्षामा ४ जिपिए ल्याएका छन् । चितवनका संस्थागत विद्यालयहरुमा सधैं उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको बाल्मिकीले यसबर्ष पनि ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएको हो । सनिस स्कूलका मेहनती र अब्बल विद्यार्थी रहेको प्रिन्सिपल प्रदिप पौडेलले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । संस्थागत विद्यालय तर्फ सनिस नेपाल प्रथम भएको उहाँको दाबी छ ।

बाल्मिकी स्कूलबाट एसईई दिएका २०३ जना विद्यार्थी मध्ये ३६ जनाले ‘ए’ प्लस, ६१ जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ३९ जनाले ‘बी’, ११ जनाले ‘सी’ प्लस र ३ जनाले ‘सी’ ल्याएका छन् । त्यस भन्दा कम जिपिए कुनैपनि विद्यार्थीको आएको छैन । बाल्मिकीका विद्यार्थीले २०७५ सालदेखि प्रत्येक बर्ष ४ जिपिए ल्याउने गरेका छन् ।  वाल्मीकि शिक्षा सदनबाट २०७५, २०७६, २०७७ र २०७८ गरी नियमित चार वर्षसम्म ४ जिपिए ल्याउने एकमात्र संस्थागत विद्यालय भएको पौडेलले दाबी गर्नुभयो । शिक्षकको लगनशिलता, विद्यार्थीको मेहनत र अभिभावकको सहयोगका कारण राम्रो नतिजा प्राप्त गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>