Breaking News

चितवनको नारायणी माविको यसबर्ष पनि उत्कृष्ट नतिजाः ९३ जनाले ल्याए ‘ए’ प्लस

Banner

चितवन,साउन ११-

भरतपुरको सामुदायिक स्कूल नारायणी नमुना उच्च माविले यस बर्षपनि एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । भरतपुर महानगरपालिका-१० मा रहेको विद्यालयले विगतका बर्षहरुमा जस्तै यसबर्ष पनि उत्कृष्ट नतिजा ल्याएको हो ।

यस बर्ष विद्यालयबाट ३८२ जनाले एसईई दिएका मध्य ९३ जनाले ‘ए’ प्लस, १०९ जनाले ‘ए’, ८४ जनाले ‘बी’ प्लस, ५० जनाले ‘बी’ र ४३ जनाले ‘सी’ प्लस र ३ जनाले ‘सी’ ल्याएका छन् । त्यो भन्दा कम जिपिए कुनैपनि विद्यार्थीले ल्याएका छैनन् । यस बर्ष विगतका बर्षहरुमा भन्दापनि राम्रो नतिजा आएको स्कूलका प्राचार्य पूर्णप्रसाद दवाडीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘ शिक्षक, कर्मचारीको लगनशिलता, विद्यार्थीको मेहनत, अभिभावकहरुको सहयोगका कारण विद्यालयले उत्कृट नतिजा हाँसिल गर्न सफल भएको हो ।’ उहाँले नारायणी नमूना माविको नतिजा नेपालकै सामुदायीक विद्यालयमा उत्कृष्ट भएको बताउनुभयो । यस बर्ष विद्यालयले कक्षा ४ देखि ९ सम्मको भर्ना आवेदन खोल्दा २२ सय विद्यार्थीले अध्ययनका लागि प्रवेश परीक्षा दिएको थिए । यो विद्यालयमा अध्ययनका लागि अन्य सामुदायीक विद्यालयसंगै बोडिङ स्कूलका विद्यार्थीपनि आर्कर्षित हुने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>