चितवन विशेष

भरतपुर अस्पताल आकस्मिक कक्षका पारामेडिक्स अधिकारी काममा फर्किए

Banner

प्रतिमा कुमाल

चितवन, साउन ११ –

भरतपुर अस्पताल आकस्मिक कक्षका पारामेडिक्स (प्राथमिक उपचार गर्ने व्यक्ति) प्रदिप अधिकारी काममा फर्किएका छन् ।

साउन १ गतेदेखि आफ्नो काममा नआएका अधिकारी काममा फर्किएको अस्पतालले जानकारी दिएको हो ।

नरायणी अनलाइनमा समाचार प्रसारण भएसँगै अस्पतालका मेसु कृष्णप्रसाद पौडेलले अधिकारीले मौखिक बिदा लिएर बसेको जानकारी दिए । आफूसँग मौखिक बिदा लिएका भन्दै उनले आकस्मिक कक्षमा जानकारी ढिलो भएको बताए ।

४ दिनसम्म अधिकारी काममा नआउदा बिरामीले सास्ती खेप्नु परेको थियो । साथै बिहानको कार्यतालिका रहेको अधिकारीको सहकर्मीहरुलाई पनि उनी बिदामा बसेको थाहा थिएन ।  दैनिक कार्यतालिकामा उनको नाम थियो । यो अस्पतालको लापरवाही भन्दै बिरामीहरुले गुनासो गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>