Breaking News

चितवनको नारायणी नमूना माविका प्रशान्तले ल्याए एसईईमा ४ जिपिए,नेपाल प्रथम भएको दाबी

Banner

चितवन,साउन ११-

चितवनको भरतपुरस्थित नारायणी नमूना माविका विद्यार्थी प्रशान्त अधिकारीले आज बुधबार प्रकाशित एसईई परीक्षाको नतिजामा चार जिपिए ल्याएका छन् । गोरखा जिल्ला अजिरकोट गाँउपालिका ३ घर भएका अधिकारीले माध्यमिक तह (एसईई) मा ग्रेड प्वाइन्ट एभरेज ४ अंक हासिल गरेका हुन् ।

विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले ४ जिपिए कुनै विद्यार्थीले नल्याएको दाबी गर्दै अधिकारी नै नेपाल प्रथम भएको बताउनुभयो । उनले प्रत्येक बिषयमा ए प्लस (चार जिपिए) ल्याएका छन् ।

अधिकारी विद्यालयका मिहिनती र अब्बल विद्यार्थी रहेको र उनी सधैं उत्कृष्ट हुने गरेको प्राचार्य दवाडीले बताउनुभयो । चार जिपिए अंक ल्याएका विद्यार्थी अधिकारीले मेहनत अनुसार अंक आएको भन्दै खुसी व्यक्त गरेका छन् । नारायणी नमूना मावि देशकै उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा परिचित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>