चितवन विशेष

चितवनमा भष्टचार र महंगीको विरोधमा थाल ठटाउँदै राप्रपाको विरोध र्‍याली

Banner

चितवन, साउन ११-

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन चितवनले देशमा विद्यमान महंगी, भ्रष्टचार, बेथिति तथा विसंगतिको विरुद्धमा भन्दै जनजागरण कार्यक्रम गरेको छ ।

राप्रपाको केन्द्रीय निर्देशनअनुसार आज भरतपुरमा महिला संगठनले जनजागरण कार्यक्रम गरेको हो ।
थाल ठटाउँदै विभिन्न प्लेकार्ड तथा ब्यानर बोकेर उनीहरुले जनजागरण गरेका हुन् । जनता जागरण भएमात्रै देशमा सुशासन कायम हुने भन्दै ¥यालीसहित कार्यक्रम गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगर कमिटीका सचिव सुलभ सिग्देलले बताए । राप्रपा कार्यालय रिजालचोकबाट निस्किएको विरोध ¥याली हाकिम चोक, केन्द्रीय बस टर्मिनल, जिल्ला प्रशासन कार्यालय, हुलाक चोक हुँदै पुनः पार्टी कार्यालयसम्म पुगेको थियो । ¥यालीमा सहभागीहरुले नागरिक विधेयक खारेज गर, महंगी नियन्त्रण गर, संघीयता खारेज गर, हिन्दू राष्ट्र कायम गरलगायतका नाराहरु लगाएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>