Breaking News
दाउन्नेमा बसमा आगलागी, ३३ जना घाइते, ६ जनाको अवस्था गम्भिर
०

नवलपुर,साउन ११-
आज (बुधबार) नवलपुरमा यात्रुबाहक बसमा आगलागि हुँदा ३३ घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भिर रहेको छ । बिहान साढे ५ बजेको समयमा जिल्लाको विनयीत्रिवेणी गाउँपालिका २ पर्ने पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अन्र्तगत विश्वकर्मा मन्दिर नजिकै पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ५ ख ५१०० बस आफै अनियन्त्रीत भई सडकको बायां साईडमा ठोकिन गई आगलागि भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हाल ८ जना घाइतेलाई भरतपुरको पुरानो मेडीकल कलेज र अन्यको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>