मौसम
देशका धेरै ठाउँमा वर्षा
०

चितवन,साउन ११-
अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाका अनुसार अहिले वाग्मतीका केही ठाउँ, प्रदेश १,गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकरदुई ठाउँमा ठूलो पानी परिरहेको छ ।
आज दिउँसो पनि देशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षा भइरहे पनि नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडीको आवागमनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले यो सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>