धादिङ
जति बाँच्छु, सामाजिक कार्यमै लाग्नेछुः वरिष्ठ नेता पौडेल

तनहुँ,साउन १०-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताउनुभएको छ ।व्यास नगरपालिका–१४ स्थित कुलुङ्गमा मङ्गलबार कार्यकर्तासँग भेटघाटका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
हिजोका दिनमा जिल्लाको विकास निर्माणका काम गर्दै आएको उल्लेख गर्दै नेता पौडेलले भोलिका दिनमा पनि काम गरेर देखाउने आफ्नो योजना रहेको जानकारी दिनुभयो । “म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,” उहाँले भन्नुभयो, “अब गाउँमा विकासको मूल फुटाउने गरी काम गरेर देखाउन चाहन्छ छु ।”
व्यास नगरपालिका–१२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने सडकमार्ग आफ्नो पहलमा भएको र कुलुङ्ग, छाब्दी तथा बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउन सके प्रचुर सम्भावना रहेको नेता पौडेलले बताउनुभयो । पर्यटकीय प्रवद्र्धन गर्नका लागि यहाँको ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र संवद्र्धनमा जोड दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।
विगतमा अवरुद्व भएका विकासलाई निरन्तरता दिँदै थप विकासका बारेमा बुझ्न आफूले घरदैलो अभियान कार्य अघि बढाएको चर्चा गर्दै नेता पौडेलले कुलुङ्ग खानेपानी योजना आफ्नै पहलमा निर्माण भइ उद्घाटनसमेत गरिएको जानकारी दिनुभयो ।