अपराध
६ थान हजारको नक्कली नोटसहित एक जना पक्राउ
०

पर्सा, साउन १०-
वीरगन्ज महानगरपालिका–११ श्रीपुरटोलस्थित सडकबाट एक हजार दरको ६ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट परोहा नगरपालिका–३ बस्ने ३२ वर्षीय बिटु दुवेदी रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले दुवेदीलाई जाँच गर्दा उनको साथमा नक्कली नोट भेटिएपछि पक्राउ गरेको हो ।
उनी उपर मुद्रा सम्बन्धी (खोटा चलन) कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>