राजनीति
देउवासँग चुनाव लड्ने तयारी गर्न नाइट बसमा डडेलधुरा गए सागर ढकाल
०

काठमाडौं,साउन ९-
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आउँदो संसदीय चुनाव लड्ने बताउँदै आएका युवा इन्जिनियर सागर ढकाल चुनावी तयारीमा होमिएका छन्। उनी सोमबार चुनावको तयारीका लागि डडेल्धुरा प्रस्थान गरेका छन । डडेल्धुरा कांग्रेस सभापति देउवाको गृहजिल्ला हो।
हामीले सकेको भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौं। हेलिकप्टर र गाडीका ताँती छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौं। ठूल्ठूला सभाहलका भाषण सुन्ने कार्यक्रम पूर्णरुपमा छोडेर चौपारी वा सडकमा, पानीसँगै रुझेर, बसेर आमाबुवा, छोराछोरी र साथीहरूसँग भलाकुसारि गर्नेछौं।’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनले चुनावका लागि घोषणापत्र नभई कार्यान्वयन पत्र पनि छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>