चितवन विशेष

चितवनमा विद्यार्थीलाई लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना

Banner

चितवन, साउन ९-

उच्चा शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई चितवनमा लागुऔषध दुव्र्यसनको बारेमा सचेतना दिइएको छ ।

सिर्जनशिल समाज चितवनले भरतपुरमा अभिमुखीकरण कार्यक्रम गरेर एसईई दिएका विद्यार्थीलाई किशोरावस्थामा हुने सक्ने कुलतबारे सजग गराइएको हो ।

सामान्य हेलचक्र्याइबाट जीवन अन्धकार हुने भन्दै संगतमा सजगता अपनाउन कार्यक्रममा बोल्ने वक्ताहरुले आग्रह गरेका छन् । किशोरावस्थामा हुने समस्या, कुलतको जोखिम र हुन सक्ने खतराबारे कार्यक्रममा जानकारी गराइएको थियो । ३५ जना विद्यार्थी सहभागी कार्यक्रममा बाग्मती प्रदेशका उद्योग, वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठले आफ्नो जीवनलाई सार्थक बनाउन आग्रह गरे । उनले सामान्य गल्तीले पनि जीवन बर्वाद हुन सक्ने भन्दै त्यसको असर देशलाई पर्ने भएकोले सामाजिक काममा सहभागी गराए कुलतबाट जोगिन सक्ने बताए । सिर्जनशिल समाजका अध्यक्ष विनोद ढकालले विद्यार्थीलाई बेलैमा सचेत गराएर कुलतबाट जोगाउन खोजेको विचार राखे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्ट, बरिष्ठ प्रहरी नायव निरीक्षक हसिन गिरीले सहजीकरण गरेका थिए । कार्यक्रममा समाजका सचिव निर्मला पण्डित, कोषाध्यक्ष कृष्ण ढकाल र सल्लाहकार सरोज ज्ञवालीले बोलेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>