चितवन विशेष

चितवनमा नारायणघाटदेखि गोलाघाटसम्म सडक सुरक्षाको सचेतना दिँदै स्कुटर र्‍याली

Banner

चितवन, साउन ९-

टीभी एस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म एनट्रक स्कुटरको र्‍याली  गरेको छ ।

यस राइड चितवनको नारायणघाटबाट सुरु भएर गोलाघाटसम्म पुगेर समापन भएको थियो । उक्तराइडमा सहभागीहरु बीच विभिन्न खेलहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण स्कुटर चालकहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित चालकलाई मेडल पनि प्रदान गरिएको थियो।

करिब ६० जना स्कुटर चालकहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>