अर्थ

एक वर्षमा नेपालीले प्रयोग गरे ३८ अर्बभन्दा बढीको मोबाइल फोन

Banner

काठमाडौं, साउन ९ –

नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७८र७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ ।

उक्त मूल्यमा नेपालमा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो ।

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र भियतनामबाट आउने गरेका छन् । गत आर्थिक वर्ष चीनबाट मात्र नेपालमा २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँको मोबाइल फोन भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>