देश/प्रदेश

ललितपुरमा नो पार्किङ’मा रोक्ने मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले तिरायो जरिवाना

Banner

काठमाडौं,साउन ९-

ललितपुरको जाउलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ। बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भन्दै जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रूपैयाँ जरिवाना लगाएको हो।

आज बिहान ट्राफिक प्रहरी जवान सुरेद्न सिंह धामीले मन्त्री राईको गाडीलाई जरिवाना लगाएका हुन्। यो गाडीको प्रयोगकर्तामा ‘माननिय मोहम्मद इश्तियाक राई’ लेखिएको छ। गाडीमा संघीय संसद सचिवालयले सांसद राईलाई संघीय संसद भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो। उक्त गाडीमा मन्त्री राई भने भए वा नभएको खुलेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>