देश/प्रदेश

लागुऔषधसहित श्रीमान, श्रीमती र आफन्त पक्राउ

Banner

महोत्तरी साउन, ८-

लागुऔषध सहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान, श्रीमती प्रदिप सेन्चुरी र दिलमाया भुजेल, प्रदिपका आफ्न्त २२ बर्षिय विशाल सेन्चुरी पक्राउ परेका हुन् ।

आज अपरान्ह औरही कठुधारा स्थित प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुको साथवाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट -१० लेखिएको ९९ पिस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरिको अनुसार तिनै जना बर्दिबास-सम्सी सडक खण्डमा पैदल हिडदै गर्दा संकाका आधारमा चेकजाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो । पक्राउ परेका उनिहरु अहिले इलाका प्रहरि कार्यालय गौशालाको हिरासतमा छन । उनिहरुलाइ जिल्ला अदालत महोत्तरीवाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>