चितवन विशेष

रत्ननगरको लाइसियम स्कुलमा वक्तृत्वकला तालिम सुरु

Banner

चितवन, साउन ८-

रत्ननगरको लाइसियम इन्टरनेशनल मोडल स्कुलमा ६ दिने वक्तृत्वकला तालिम सुरु भएको छ ।

रत्ननगर वडा नम्बर १ को समन्वयमा उक्त वडा भित्र रहेका टोल विकास संस्था तथा सामाजिक संस्थाहरुकालागि रत्ननगर १ निपनीमा रहेकोे लाइसियम स्कुलको आयोजनामा सो वक्तृत्वकला तालिम सुरु भएको हो । रत्ननगर वडा नम्बर १ का वडा अध्यक्ष कुलप्रसाद सापकोटाले तालिमको उद्घाटन गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रप्रसाद पाध्या पौडेलले वडा र विद्यालयबीचको सहकार्यमा भएको तालिम सबैका लागि फलदायी हुने आशा व्यक्त गरे । २४ जना प्रशिक्षार्थीहरु सहभागी रहेको उक्त कार्यक्रममा विद्यालयको शैक्षिक सुधार कार्यक्रमसहित प्रधानाध्यापक शंकर पौडेलले स्वागत मन्तव्य राखेका थिए भने प्रवन्ध निर्देशक सन्तोष पन्तले तालिमको उद्देश्य तथा वक्तृत्वकला तालिमको आवश्यकताका वारेमा अवगत गराए । सोही अवसरमा महिला वडा सदस्य उमादेवी पौडेल र निपनी टोल विकास संस्थाका अध्यक्ष टोपबहादुर सिलवालले महत्वपूर्ण र फलदायी तालिम आयोजना गरेकोमा लाइसियम स्कुल परिवार प्रति आभार प्रकटगर्दै तालिमबाट धेरै नयाँ कुरा सिकिने विश्वास व्यक्त गरे ।

रत्ननगर नगरपालिका वडा नम्वर १ कावडा सदस्य गिरिराज लम्साल, दलित महिला वडा सदस्य बिन्दु मग्राती, शिक्षकअभिभावक संघका अध्यक्ष पुष्पराज भण्डारी समेतको कार्यक्रममा सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>