Breaking News

नागरिकता विधेयक पास भएकोमा आपत्ती जनाउँदै श्रेष्ठले भनेः मुलुकको राष्ट्रियता खतरामा पर्‍यो

Banner

काठमाडौं,साउन ८-

नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ती जनाउँदै सरकार र सत्तारूढ गठबन्धनप्रति आक्रोश व्यक्त गरेका छन्। अन्तरबस्तु र पद्धति दुवै हिसावले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारूढ गठबन्धनले पारित गराएकोमा सत्तारुढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गरे।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रिय सभामा बोले पनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो समेत गरे। दलहरूमा वैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको भनाई थियो।

‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धि विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरबस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले त यो पारित गर्नुअघि नै राखेको छु, आफ्नो पार्टीमा पनि राखेँ। राष्ट्रिय सभामा पनि बोलेँ। त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसकेँ। यस सम्बन्धमा विचारको समस्या होईन। वैचारिक–सांस्कृतिक स्खलनको समस्या हो’, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>