देश/प्रदेश

काठमाडौं उपत्यकामा एकैदिन २२ सय ८२ जना सवारी चालकमाथि कारवाही

Banner

काठमाडौं, साउन ८-

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २८२ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने ६२ जना, रेड लाइटमा सवारी साधन चलाउने ८५ जना रहेका छन् । यस्तै, नम्बर प्लेट नदेखिने गरी राख्ने ३८ जनालाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारवाहीमा पर्ने २ हजार ९ जना सवारी चालक रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>