देश/प्रदेश

भारतीय कन्टेनरको ठक्करबाट दुई नेपालीको घटनास्थलमै मृत्यु

Banner

काठमाडौँ, साउन ६-

आज बिहान भारतीय कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बूढीगङ्गा गाउँपालिका–२ गङ्गा चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का अन्दाजी २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ । हाल प्रहरीले कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>