अन्तर्राष्ट्रिय

संसारकै बुढो पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु

Banner

हङ्कङ, साउन ५-

संसारको सबैभन्दा बुढो पाण्डा मरेको छ । मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो पाण्डा एन एनको बिहीबार ३५ वर्षको उमेरमा मरेको हो । उक्त पाण्डा मानिसका लागि १०५ वर्ष बराबर रहेको हङकङ थिम पार्कले जनाएको छ ।

एन एनको स्वास्थ्य विगतका केही हप्ताहरूमा लगातार खराबी हुँदै गएको थियो । उसले थोरै खान थालेको उक्त पाण्डा बस्दै आएको ओसियन पार्कले जनाएको छ । सो पाण्डा उक्त पार्कमा सन् १९९९ देखि बस्दै आएको थियो ।

एन एन र जिया जियालाई चिनियाँ सरकारले उपहार दिएको थियो । जिया जिया ९पोथी० सन् २०१६ मा ३८ वर्षको वर्षको उमेरमा मरेको थियो । ‘एन एन गुमाएको घोषणा गर्दा ओसन पार्क दुःखी छ’ पार्कले एक विज्ञप्ति मा भनेको छ ।

पार्कले ओसन पार्कलाई पाण्डा संरक्षणको लागि महत्त्वपूर्ण आधार बन्न मद्दत गरेकोले जिया जिया र एन एनको हेरचाह गर्ने अवसरको लागि आभारी भएको जनाएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>