घटना -दुर्घटना

चितवनकी दन्तरोग विशेषज्ञ डा थापा अन्तर्राष्ट्रिय एक्सिलेन्ट अवार्डको प्रतिस्पर्धामा

Banner

चितवन, साउन ४-

चितवनकी दन्तरोग विशेषज्ञ डा सरु थापा अन्तराष्ट्रिय अवार्डको लागि प्रतिस्पर्धामा छनोट भएकी छन् ।

चितवनमा बसेर बिगत १६ वर्षदेखि बिरामीको सेवा गर्दै आएकी थापा सामाजिक सेवामा योगदान पु¥याए बापत सो प्रतिस्पर्धामा छनोट भएकी हुन् । उनी अहिले विश्वभरका दन्तरोग विशेषज्ञहरुमध्येबाट ‘इन्टरनेशनल अवार्ड अफ एक्सिलेन्ट’ का लागि नोमिनेट भएकी छन् ।

जुलाई २५ सम्म विश्वभरबाट उनले प्राप्त गरेको मतको आधारमा उनी सो प्रतिस्पर्धामा विजयी बन्ने छन् । नारायणगढको कमलनगरमा रहेको साइराम डेन्टलको कार्यकारी निर्देशकसमेत रहेकी डा थापा नेपालका विभिन्न दुर्गम गाउँहरुमा पुगेर गरिब र दुःखी बिरामीहरुको निःशुल्क दाँतको उपचारमा रमाउने गर्छिन् ।

डा थापाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी हाम्रा सबै सहकर्मी, साथीभाइ र आफन्तहरूलाई यो जानकारी गराउन पाउँदा खुसी छौं कि म इन्टरनेशनल अवार्ड अफ एक्सेलेन्ट इन डेन्टिस्ट्री द्वारा आयोजित बेस्ट डेन्टल च्यारिटी अवार्ड–२०२२ को लागि मनोनित भएको छु जुन एक मात्र ऐतिहासिक अन्तर्राष्ट्रिय अवार्ड हो जसलाई ‘दन्तचिकित्साको अन्तर्राष्ट्रिय ओस्कर’ भनिन्छ । त्यसैले मलाई यो अवार्ड जित्नका लागि भोट गरिदिनुहुन हाम्रा सबै सहकर्मी, साथीभाइ र आफन्तजनमा विनम्र अनुरोध गर्दछौं। तपाइँको बहुमूल्य मत दिनको लागि हामीले तलको लिंक साझा गरेका छौं । यो अवार्ड जित्नु नेपाली दन्तचिकित्साका लागि गौरवको क्षण हुनेछ । भोटिङका लागि कृपया गुगल फारम खोल्नुहोस्, भर्नुहोस् र पूरा भएपछि स्क्रिनसटको साथ साझेदारी गर्नु । धन्यवाद ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>