देश/प्रदेश
पानी नपर्दा किसानले धान रोप्न पाएनन्, किसानलाई राहत दिनुपर्योः सांसद अनिल कुमार झा
०

काठमाडौं, साउन ४
सांसद अनिल कुमार झाले मधेसका किसानलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
‘जुन समस्या अहिले मधेसका किसानले भोगेको छन्, त्यसबाट छुटकारा पाउन राहतको व्यवस्था गर्न म सरकारलाई अनुरोध गर्दछु,’ सांसद झाले भने ।
अहिले तराईको सबै जिल्लामा किसानले धान लगाइसक्नु पथ्र्यो, तर पानीका अभावका कारण रोप्न नपाएको उनले जनाए ।
‘नेपाल सरकारको डाटा अनुसार आधाभन्दा बढी धान रोप्ने काम बाँकी छ । रोपेको धान पनि सुक्न लागेको छ,’ उनले भने ।
मधेसका किसान मात्र नभएर अहिले देशभरिकै किसान पीडित बनेको उनले जनाए । यसबारे समयमै सोच्न जरुरी रहेको उनले बताए ।
‘छिमेकका किसानहरुले हात्महत्या गरेको सुनेका छौं, हाम्रोमा यस्तो नहोस्,’ सांसद झाले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>