देश/प्रदेश
भारतबाट एक वर्षीया बालिकाको उद्दार
०

काठमाडौँ, साउन ४-
भारतबाट प्रहरीले एक वर्षीया बालकको उद्दार गरेको छ । विराटनगरको रोडशेष चोकबाट गएराति अपहरित एक वर्षीया बालिका निकिसा यादवको उद्दार गरिएको हो ।
प्रदेश १ प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले उनको उद्दार गरेका हुन् ।
प्रहरीका अनुसार नाबालिकालाई लिएर जाने अन्जली साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यसक्रममा उनले राजविराजको सीमा क्षेत्रमा लगेर बालिकालाई अर्का व्यक्तिको जिम्मा लगाएको खुलेको थियो ।
त्यस्तै मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले पनि बालिकाको उद्दार गरिएको बताउँदै विस्तृत विवरण सार्वजकि गर्न दिउँसो २ बजे पत्रकार सम्मेलन राखिएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>