देश/प्रदेश
थारु र मुस्लिम समुदाय अझै आफ्नो क्लस्टरबाट सरकारी सेवामा जान अवरोध
०

काठमाडौं, साउन ४
संघीय निजामती ऐन नबन्दा मुस्लिम र थारु समुदायले आफ्नो ‘क्लस्टर’ बाट सरकारी सेवामा अझै प्रवेश गर्न पाएका छैनन् ।
संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधि हुन पाए पनि निजामती सेवामा भने सो ‘क्लस्टर’ बाट अझै प्रवेश गर्न नपाएको कांग्रेस सांसद तेजुलाल चौधरीले बताए ।
‘सात-सात वर्ष लागिसक्दा पनि संघीय निजामती ऐन बन्न सकेको छैन, जसका कारण अझै पनि थारु र मुस्लिम समुदायले सरकारी सेवामा प्रवेश गर्न खोजेमा आदिवासी/जनजाति समुदायको क्लस्टरवाट छिर्नुपर्छ,’ सांसद चौधरीले प्रतिनिधिसभा बैठकमा भने, ‘त्यसैले आफनै क्लस्टरबाट निजामती सेवामा प्रवेश गर्न संघीय निजामती ऐनलाई तत्काल पारित गरियोस् ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>