गण्डकी

युवाको लागि रोजगार मेला, पोखरामा सुरु हुँदै

Banner

पोखरा, साउन ४-

शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीको आयोजनामा साउन ६ गतेदेखि पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । जागिर खोज्ने र जागिर दिनेहरुकाबीचमा भेटघाट गराउने उद्देश्यले तीन दिनसम्म सञ्चालन हुने गरी पोखरामा रोजगार मेला आयोजना गर्न लागिएको हो ।

‘समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार’ भन्ने नाराका साथ मेला पोखरा प्रदर्शनी केन्द्रमा हुने छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने सरकारको नीति अन्तर्गत मेलाको आयोजना गरिएको छ ।

मेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरहरुको बारेमा जानकारी र सहजीकरण, तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणालीको प्रयोगबारेमा जानकारी दिइने छ ।

मेलामा उद्योग वाणिज्य संघ गण्डकी, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, होटल व्यवसायी, रेष्टुरेष्ट व्यवसायी लगायतका संस्थाले मेलामा स्टलबाटै रोजगारी दिने छन् । मेलामा करिब १० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ । रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, मेलामा नै रोजगारी प्राप्त गर्न सकिने गण्डकी शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>