देश/प्रदेश
वर्षाका कारण धनगढी बजार जलमग्न
०

धनगढी, साउन ४-
वर्षाका कारण कैलालीको धनगढी बजार जलमग्न भएको छ । आज बिहानैदेखिपरेको वर्षले धनगढी उपमहानगरपालिकाको विभिन्न क्षेत्र जलमगन् भएको हो ।
धनगढी लगायतका स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ जस्को कारण वडानम्बर १, २, ३ र ५ का वस्ती डुबानमा परेका छन् ।
त्यस्तै जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे जनाएको छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू–भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने मौसमविद् मञ्जु बासीले बताइन् । दूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>