अपराध
दैलेखको आन्दोलनका बीच गोली चल्यो, तीन जना घाइते
०

दैलेख, असार ३२-
दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि कर्मचारीले आन्दोलन गरेका छन्।
कर्मचारीहरुको आन्दोलनमा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छन्।गुराँस गाउँपालिका वडा नम्बर–१ मा कार्यरत कार्यालय सहायक बखत खत्रीसहित ३ जना घाइते भएका हुन्।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले प्रहरीलाई ढुङ्गा हानेपछि गोली चलाउनुपरेको बताउनुभएको छ। गुराँस गाउँपालिकाले सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, र बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गतेदेखि नवीकरण नहुने निर्णय गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>