Breaking News

सोमपाल र आदिल चम्कदा स्कटल्याण्डले नेपालसामु दियो १४५ रनको मध्यम लक्ष्य

Banner

काठमाडौँ, असार २९–

तीव्र गतिका बलर सोमपाल कामी र आदिल अन्सारीले उत्कृष्ट बलिङ गरेपछि स्कटल्याण्ड नेपालसामु १४५ रनको मध्यम लक्ष्य पेश गरेको छ ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्ड नेपाली बलरसामु निरिह सावित बन्यो । स्कटल्याण्डका लागि गेभिन मेनले भने सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले । अन्य कुनै पनि व्याटरले २० रन कटाउन सकेनन् । ९५–९ को अवस्थामा पुगेको स्कटल्याण्डलाई मेन र हमजा ताहिरले ४९ रनको साझेदारी गर्दै मध्यम अवस्थामा पुर्‍याएका थिए ।

टिटवुड ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको स्कटल्यान्ड ४२.४ ओभरमा अलआउट आउँदै १४४ रन मात्रै बनाउन सक्यो । उसका लागि मार्क वाटले १७, सफायान शरीफले १६ रन बनाए । दुवै ओपनर काइल कोट्जर ६ र म्याथ्यू क्रसलाई २ रनमै सोमपाल कामीले आउट गरेपछि स्कटल्याण्डको पारी संकटमा फसेको थियो ।

नेपालका लागि सोमपाल कामीले १० ओभरमा ४० रन खर्चिदै ३, मोहम्मद आदिल आलमले १० ओभरमा एक मेडन र ३१ रन खर्चिदै ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा एक मेडन र ३५ रन खर्चिदै २ विकेट लिए । करन केसीले ८ ओभरमा २४ रन खर्चिदै एक विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले १.३ ओभरमा २ रन खर्चिदै एक विकेट लिए । उनले ४९ रनको साझेदारी गरेको अन्तिम विकेट दिलाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>