क्रिकेट

विश्व क्रिकेट लिग २ः नामिबियाविरुद्ध नेपाल व्याटिङ गर्दै, बासिर अहमदको डेब्यु

Banner

काठमाडौँ, असार २७–

आइसीसी विश्वक्रिकेट लिग २ अन्तरगत आज नेपाल र नामिबियाबीचको खेल हुँदैछ ।

स्कटल्याण्डमा जारी सिरिजमा नेपालले आज पहिलोपटक नामिबियासंग एकदिवसीय खेल खेल्न लागेको छ । नामिबियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाल अहिले केहीबेरमा व्याटिङ गर्दैछ । नेपाल कप्तान सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिदैछ ।

आजको खेलसंगै युवा अलराउण्ड बासिर अहमदले एकदिवसीय खेलमा डेब्यु गरेका छन् । उनी एकदिवसीय खेल खेल्ने नेपालको ३३औं खेलाडी बनेका छन् ।

नेपालको प्लेइङः

सन्दीप लामिछाने, देव खनाल, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करन केसी, कुशल भुर्तेल, बासिर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>