अन्तर्राष्ट्रिय

ट्वीटर किन्ने निर्णयबाट इलोन मस्क पछि हटे

Banner

असार २५-
अर्बपति इलोन मस्क सामाजिक सञ्जाल ट्वीटर किन्ने निर्णयबाट पछि हट्नुभएको छ ।

उहाँले आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्न लागेको बीबीसीले जनाएको छ । मस्कले गएको अप्रिलमा ट्वीटर किन्ने निर्णय गर्नुभएको थियो । तर ट्वीटरले स्पाम र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको उहाँले बताउनुभएको छ । सम्झौता कार्यान्वयन गर्न कानुनी प्रक्रियामा जाने योजना रहेको ट्वीटरले जनाएको छ ।

ट्वीटरका अध्यक्षले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागू गराउन टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कमाथि मुद्दा नै दायर गर्ने बताउनुभएको छ । सम्झौताको उल्लङ्घन गरेबापत मस्कले १ अर्ब र सम्भावित मुद्दाको सामना गर्नुपर्ने हुन सक्ने खबरमा उल्लेख छ ।

प्रारम्भिक खरिद सम्झौतामा त्यसलाई तोड्नुपर्ने अवस्थामा १ अर्ब डलर तिर्नुपर्ने सर्त राखिएको थियो । विश्वका सबैभन्दा धनी मस्क रकेट कम्पनी स्पेस एक्स र विद्युतीय कार कम्पनी टेस्लाका मालिक हुनुहुन्छ ।एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>