देश/प्रदेश

प्रदेश र संघीय निर्वाचन लक्षित गरी माओवादी केन्द्रले साउनदेखि सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने

Banner

काठमाडौँ, असार २५

साउनदेखि सबै प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले चुनावलक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी प्रदेश र संघीय निर्वाचन लागि लक्षित गरी माओवादीले भेला र प्रशिक्षण गर्ने निर्णय आज शनिबार बसेको बैठकले गरेको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण हुने छ । साउन १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १ मा, २४ गते लुम्बिनी, २८ गते सुदूरपश्चिम, २९ गते कर्णालीमा, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण गर्ने निर्णय भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>