राजनीति
काठमाडौंका मेयर बालेनसँग ‘प्रणाली’ छैन,काम गर्न सक्दैनन्ः बाबुराम भट्टराई
०

काठमाडौं,असार २३-
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट जितेका बालेन शाहसँग ‘प्रणाली’ नभएको टिप्पणी गरेका छन्। बिहीबार थेम्स इनटरनेशनल कलेजले आयोजना गरेको छलफल कार्यक्रममा उनले व्यक्ति जतिसुकै राम्रो र सक्षम भएपनि राज्य व्यवस्था प्रणाली नभएपछि त्यसले काम गर्न नसक्ने भन्दै टिप्पणी गरेका हुन्।
‘मलाई डर छ, बालेन शाहले जितेर आउनुभयो। मैले शुभकामना पनि दिए। बधाई पनि दिए। तर प्रणाली छैन, त्यहाँ। उहाँ एक्लैले गर्न सक्ने कुरा त हुँदैन। प्रणाली ठिक गरिएन भने ठीक मान्छे छानिन सक्दैन। त्यसले काम गर्न पनि सक्दैन’, उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>