गण्डकी

लमजुङ कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या

Banner

लमजुङ, असार २३-

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाको भए पनि अहिले एक सय दुई जना कैदीबन्दी राखिएको छ । कारागारमा ६ महिला र ९६ पुरुष छन् ।

कारागारका जेलर सुवास केसीका अनुसार कारागारको क्षमता ३५ जनाको मात्रै हो । ‘भवन जिर्ण छ, कैदीबन्दीको संङ्ख्या बढेको बढ्यै छ, उनले भने, वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहलाई बस्न समस्या भएको छ ।

सुत्ने बस्न समेत समस्या भएको कैदीहरुको गुनासो हुने गरेको उनी बताउँछन् । फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका कारण कैदीबन्दी बढेका हुन् । ०२८ सालमा स्थापना भएको कारागार ०७२ को भुकम्पले जिर्ण बनेको छ । कारागारका चौकीदार नवीन गुरुङले क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सुत्न र शौचालय जान समस्या भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>