Breaking News
महाधिवेशन सकिएको ६ महिना नबित्दै विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव
०

काठमाडौं, असार २३-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् । काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ दिँदै ‘समाजवादी क्रान्ति’का लागि विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
माओवादीको पहिचानमा समस्या परेको भन्दै अलग देखिनका लागि समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्नुपर्ने प्रचण्डको तर्क छ । पार्टी नेता जनार्दन शर्माले ‘नैतिकताको आधार’ अर्थमन्त्रीबाट राजीनामा दिएर पाँच दलीय गठबन्धन भत्काउने प्रयास असफल भएको टिप्पणी पनि गरेका छन । बैठक जारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>