अर्थ
हिजो र आज लगातार १ हजार भन्दा बढीले घट्यो सुनको मुल्य, अझै घट्न सक्ने
०

काठमाडौँ, असार २३-
आज एकै दिन १ हजार ४ सय रुपैयाँले सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ९४ हजार ६ सय रुपैयाँमा झरेको हो
अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। उनको अनुसार हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो । त्यस्तै भाउ अझै घट्न सक्ने सम्भावना छ । आज चाँदीको भाउ भने सामान्य बढेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>