कालिका
चितवनको कालिकामा रोपाइँ गर्न गएका १४ जना चट्याङ लागेर घाइते

चितवन,असार २२-
चितवनमा चट्याङ लागेर १४ जना घाइते भएका छन् । आज (बुधवार) साँझ ६ बजे कालिका नगरपालिका ८ मझुवा स्थित कमला विकको खेतमा रोपाइँ गरिरहेको १४ जना चट्याङ लागेर घाइते भएका हुन् । रोपाइँ गर्दागर्दै पानी परेपछि उनिहरु स्थानिय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सो क्रममा हुरिवतास संगै पानीसंगै आएको चट्याङले उनिहरुलाई घाइते बनाएको थियो । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीले उपलब्ध गराएको घाइतेहरुको विवरण
१) जिल्ला चितवन कालिका न.पा.८ बस्ने वर्ष २१ की रोजिना श्रेष्ठ अवस्था मध्यम(आफ्नै घरमा बसेको अबस्थामा)
२)ऐ.ऐ.बस्ने वर्ष २० की रोशी श्रेष्ठ मध्यम
३)ऐ.ऐ. बस्ने वर्ष ३८ कि दिलकुमारी अधिकारी मध्यम
४) ऐ.ऐ.बस्ने वर्ष २५ कि सुस्मिता श्रेष्ठ सामान्य
५)ऐ.ऐ. बस्ने वर२१ कि राधिका मिजार सामान्य
६)ऐ.ऐ. बस्ने वर्ष १८ सिमा सुनार सामान्य
७) ऐ. ऐ. बस्ने वर्ष २३ कि कमला वि.क. सामान्य
८) ऐ.ऐ.बस्ने वर्ष २५ कि संगिता सुनार सामान
९) ऐ. ऐ. बस्ने वर्ष ३० कि अनिता तामाङ सामान्य
१०) ऐ.ऐ. बस्ने वर्ष ४३ कि अनु श्रेष्ठ सामान्य
११) ऐ. ऐ. बस्ने वर्ष ३५ कि कमला कामी सामान
१२) ऐ.ऐ. बस्ने वर्ष २० कि लक्ष्मी मिजार सामान्य
१३)ऐ.ऐ. बस्ने वर्ष ४५ कि चिनामांया सुनार सामान्य
१४) ऐ. ऐ. बस्ने वर १८ कि देवी बि.क. सामान्य