राजनीति

निर्दोष देखिए शर्माले नै पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुन्छः नेता पुन

Banner

काठमाडौं,असार २२-

नेकपा (माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ। बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानविनका लागि प्रतिनिधिसभाले आज मात्रै विशेष संसदीय समिति गठन गरेको छ। सो समिति गठन लगत्तै प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गरे।

संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताए। उनले छानविन नसकिँदासम्म नयाँ अर्थमन्त्रीको प्रस्ताव नगरिने उल्लेख गरे। प्रतिनिधिसभाले आज मात्रै ११ सदस्यीय छानविन समिति गठन गरेको छ। समितिलाई १० दिनको समयावधी दिइएको छ।

छानविनपछि निर्दोष देखिएपछि नेता शर्माले नै पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने समेत नेता पुनले संकेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>