Breaking News

चितवनका स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन कांग्रेस नेताहरूको लबिङ

Banner

चितवन,असार २२-

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए लगत्तै कांग्रेसका केही नेताले अर्थ मन्त्रालय अब माओवादीलाई दिन नहुने लबिङ गरेका छन् । बिचौलिया राखेर बजेटमा करका दर हेरफेर गरेको तथा सिसिटिभी फुटेज समेत डिलिट गरेको आरोपपछि मन्त्री शर्माले आज (बुधबार) राजीनामा दिएका हुन् । केन्द्रीय केन्द्रीय कार्य समिति सदस्य समेत रहेका नेताहरूले संकट उन्मुख अर्थतन्त्र जोगाउन स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । वाग्ले हाल विश्व बैङ्कको परामर्शदाताका रूपमा कार्यरत छन् । बाग्लेको गृहजिल्ला चितवन हो । योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्लेलाई अर्थमन्त्री बनाउन आयोगकै अर्का पूर्व उपाध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले आग्रह गरेका छन् ।

शर्माको राजीनामा लगत्तै सामाजिक सञ्जालबाट पोखरेलले अर्थतन्त्रलाई संकटबाट बचाउन वाग्लेको माग गरेका हुन् । पोखरेल भन्छन्– देशको अर्थतन्त्रलाई संकट उन्मुख हुनबाट बचाउन र दरिलो आर्थिक सुधार गरी समुन्नत देश बनाई राजनीतिक स्थिरता कायम गर्दै युवाहरूलाई उज्यालो भविष्यको भरोसा दिलाउनका लागि स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाऔँ ।

यस्तै आह्वान कांग्रेसका अर्का केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले पनि गरेका छन् । सिवाकोटीले कांग्रेस सांसदमध्येबाट अहिलेको संकट टार्न सक्ने आँट र क्षमता भएकालाई खोज्न सुझाव दिँदै सांसदबाहिर ल्याउने हो भने वाग्ले नै उपयुक्त पात्र भएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>