गण्डकी

कावासोतीका जितबहादुर मगर शिव माविको कम्पाउण्डबाहिर मृत फेला

Banner

चितवन, असार २१-

नवलपुर (नवलपरासी पूर्व) कावासोती नगरपालिका–२ का जितबहादुर कामु मगर शिव माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर मृत भेटिएका छन् ।

८२ वर्षीय मगर असार २० गते १० बजेको समयमा कावासोती बजार जान्छु भनी हिडेकोमा राति अबेर सम्म घर नआएको भनेर खोजतलास गर्ने क्रममा आज मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको हो । प्रहरीका अनुसार आज बिहान स्थानीय शिव माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर मृत अवस्थामा फेला परेको र थप अनुसन्धान कार्य भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>