विचार/ब्लग

स्थानीय सरकार ! फुटपाथ व्यापारीप्रति बर्बर नबन

पाठक प्रतिक्रिया:

Banner

नेपाली अर्थतन्त्रभित्र उत्पादनमुखी भन्दा नाफाखोरी चरित्र हाबी छ अर्थात् देशको जनसंख्याको ठूलो हिस्साले उत्पादक बन्नुभन्दा अरुको उत्पादन किनेर त्यसमा मूल्य अभिवृद्धि गरेर नाफा कमाउनु जोखिमरहित, सजिलो ठान्छ । जस्तो मुख्य शहरी क्षेत्रको सडकमा कपडा, तरकारी, सस्ता सामानहरु, फलफूलहरु बेच्नु । यसको पछाडि दुई वटा मजबुत कारणहरु छन्, पहिलो यो समुदायसँग लगानीयोग्य रकम कम छ, सानो लगानीबाट तत्काल प्रतिफल खोज्ने वर्गले यस्तो नाफाखोरी प्रवृत्ति देखाउँछ । दोस्रो हाम्रो समाजमा उद्यमशिलता र नवप्रवर्तनको अभाव छ, देशको विद्यालय र अपबाद बाहेकको विश्वविद्यालयस्तरको पाठ्यक्रमले उद्यमशिलता र नवप्रवर्तन सिकाउँदैन फलस्वरूप देशभित्र साना, घरेलु, मझौला उद्योगधन्दाहरुको संख्यामा उल्लेख्य बृद्धि हुन सकेको छैन । देशमा साना तथा मझौला उद्योगधन्दाहरुको संख्या र तिनीहरुको उत्पादन क्षमताले देशको आर्थिक बृद्धिलाई निर्धारण गर्दछ । सोझो अर्थमा भन्नुपर्दा देश विकास हुने आधारभूत सुत्र नै साना तथा मझौला उद्योगधन्दाहरुको स्थापना र तिनीहरुको क्षमता अभिवृद्धि हो । जति पनि विकसित देशको समृद्धि साना तथा मझौला उद्योगधन्दाहरुको संख्या र क्षमतामा अडिएर बनेको छ । अहिले शहरी गरिब, फुटपाथ ब्यापारी, बेरोजगार, विदेश पलायन भएका जनशक्तिलाई राज्यको समृद्धि र विकासमाल लगाउने हो भने यिनीहरुको दास (देशी विदेशी नोकरी) र नाफाखोरी चरित्र बुझेर उत्पादनमुखी चरित्रमा परिणत गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्छ । नगर प्रहरी र फुटपाथ ब्यापारीको लखेटालखेट समय, उर्जा र शक्तिको दुरुपयोग सिवाय अरु केही होइन । स्थानीय सरकारले यस्तो बर्बर कार्यशैली देखाउनु हँुदैन नत्र जनताको सरकारप्रतिको नकारात्मक दृष्टिकोणमा वृद्धि गर्दछ ।

लिलाराज लोहनी

गण्डकी विश्वविद्यालय, पोखरा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>