कर्णाली

बझाङमा शिक्षकले विद्यार्थी कुटेको भनिएको भाइरल भिडिओ भारतको

Banner

काठमाडौँ , असार २१-

सामाजिक सञ्जालमा ‘बझाङमा शिक्षकले विद्यार्थीलाई कुटेको’ भन्दै छ्याप्प छ्याप्ती भएको भिडिओ बझाङको नरहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालयले उक्त भिडिओ बझाङको नभइ भारतको रहेको बताएको छ।

‘बालकलाई निर्घात कुट्ने बझाङका शिक्षकलाई तुरुन्त कारबाही गर’ भन्दै मंगलबारदेखि सामाजिक सञ्जाल (फेसबुक) मा शिक्षकले विद्यार्थीलाई कुटिरहेको भिडिओ भाइरल भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार आफ्नो आधिकारिक फेसबुक अकाउण्टमा सूचना जारी गर्दै यो भिडिओ भारतको भएकाले भ्रममा नपर्न आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>