राजनीति

जसपाका नयाँ मन्त्रीले लिए सपथ

Banner

काठमाडौँ, असार २०-

जनता समाजवादी पार्टी (जसपा)का नयाँ मन्त्रीहरुले सपथ लिएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरुले सोमबार साँझ राष्ट्रपति भण्डारीबाट सपथ लिएका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाइन्।

जसपाले हाल सरकारमा रहेका मन्त्रीहरु महिन्द्रराय यादव, रेणु यादव, रामसहाय यादवलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाएको थियो । यसअघि नेकपा एकीकृत समाजवादीले पनि चार जना मन्त्री हेरफेर गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>