खैरहनी

चितवनमा नुहाउन गएका युवालाई खोलाले वगायो

Banner

चितवन, असार २०-

चितवनमा नुहाउने क्रममा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । आज (सोमबार) बिहान ११ः१५ बजेको समयमा खैरहनी नगरपालिका–५ स्थित ढुम्रे खोलाले बगाउँदा हेटौडा उपमहानगरपालिकाका ३२ वर्षीय सुरज बस्नेतको मृत्यु भएको हो ।

उनि ११ बर्षका भान्जा मुकेश पौडेलसँग नुहाउन खोलामा गएका थिए । उनको शव करिव २०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>